"बिश्वासघात"
यो बिश्वास भन्ने कुरा पनि अनौठो किन मन जोडेर सबै हुने नहुने कुरा दिइन्छ पछि गएर सबै एउटा धोकामा बदलिन्छ । अनि मान्छे केबल धोकामा पछुताउनु सिवाय अरु केही उपाय रहन्न । धोका कहाँ बाट हुन्छ? धोका कसले दिन्छ?? र यो कसरी हुन्छ??? यो बिषयमा म पहिला के भन्न चाहन्छु भने धोका भन्ने शब्द आफन्त बाटै हुन्छ, किनकी हामी अबस्य पराईलाई त बिश्वास नै गरिन्न कसरी पराईले हामीलाई धोका दिनु, त्यसैले धोका भन्ने चीजनै हामी आफन्त बाटै पाइरहेका हुन्छौ ।
हामीलाई धेरै नै रिस् उठ्छ, तर के गर्नु, रिस् गरेर धोका दिने धेरै टाढा पुग्छ हाम्रो शिरमा टेकेर। हामी त्यही का त्यहीं रहन्छौ, धोका पाएर । धोका पाइसके पछि मात्र इश्वर सम्झिन्छौ, हजार नाना थरिका गाली गर्छौ । यदि हामीले थोरै नै आड राखेर बिश्वास गरेको भए पनि त्यती ठुलो मारमा पर्ने त थिएनौ । तर यहाँ हकिकत मा म के भन्न चाहन्छु भने सबै यही मर्का मा घोलिएर बाँची रहेका हुन्छौ । अवसरबादी हरु केवल अवसर पर्खेर बसेका हुन्छन। आफन्तको खोल ओढि गोहिको आँशु रुन्छन, अनि फसाउछन आफन्तलाई नै खाडलमा। कति महान छन आफन्तहरु, जुन आफ्नै मान्छेलाई फसाई शैतान रुपि जिन्दगि गुजारी रहेका छन् ।
कोहि नामको पिछा लगेका हुन्छन त कोहि दामका पिछा लागेका हुन्छन। नाम र दाम का पिछामा लाग्दा धेरै नै मान्छे स्वार्थी दुनियाँमा पनि रमाउने छन यहाँ थोरै बहुत, नाम र दामको लागि यहाँ धेरै गलत काम गर्ने हरु पनि छन। दामको लागि नेपाल आमालाई नङ्ग्याएर, नामको लागि आफ्नै संस्कृति बङ्ग्याएर यहाँ बाँचिरहेका पनि छन। यहाँ अहिले सबै तिर धोकै-धोका, कोइ धोका दिएर महलमा मस्त मोज मनाईरहेका छन। कोई धोका पाएर रातदिन अनिद्रा मा छटपट्टि रहेका छन। धोका को नमुना हेर्न कहिं टाढा जानै पर्दैन। काठमन्डु शहर भित्र छिर्नुहोस, बैदेशिक रोजगार का दलालहरु लाई हेर्नुहोस। टन्न रोजगार दिलाईदिने बाचा बन्धन गर्छन, अनि च्याउ सरि मैनपावर खोल्छन। टन्न सुदुरगाउँको किसानका छोराहरु जुन बिदेश गएर साहुको ॠण तिर्ने सपना बोकी ॠण माथि ॠण थपेर काठमान्डु छिर्छन । दलाल एड्भान्स् को कुरा निकालेर टन्न पैसा बटुल्छन्, अनि रातारात मैनपावर छोडी भाग्छन । अनि भोली ति बिश्वास र मिठा मिठा कल्पना गर्नेहरु ति दलाल खोज्दा खोज्दै ब्याज मा लिएको ॠणले ब्याजले साउँ नाघ्छ, दलाल मस्त रुप फेरी फेरी डिस्को,दोहोरी, पाँचतारे होटेल अनि सुरा सुन्दरी सँग मख्ख ।
बिश्वासकै कुरा भन्ने हो भने कति छन नमुनाहरु बिस्वासघातकै पनि कुरा गर्ने हो भने कति छन कति हिसाबै नगरौं। म आगमि दिनहरु मा पनि अझ मेरो लेखलाई बिस्तार गर्नेछु केहि थप रेपोर्टस सँगै आज लाई यहिं बिट मार्न चाहान्छु। क्रमस..............

बि जे बान्तवा / भोजपुर
1 comment:
Paribes nai yastai chha nepal ko, kahile saprinchha tyo kebal euta jhootho sapana jastai 6 lekhak ji
Post a Comment