म जहाँ जाउ मेरो नेपाल प्यारो छ।म जुनै सौन्दर्यमा हराउँ मेरो हिमाल राम्रो छ।किनकी मैले हिंडेका गाउँबेशिंमा अझैपनीमेरै पाइला- पाइलाहरुको डोब छ।-रुपेश स्याङतान"च्याङ्बा"
मुलुक यतिबेला गम्भिर आर्थिक संकटको चपेटाबाट गुज्रीरहेको छ। विगत दिनहुजसो हुने गरेका बन्द, हड्ताल, चक्काजाम जस्ता जनविरोधि कृयाकलापले गर्दा मुलुकको अर्थतन्त्रमा नकारात्मक परिणाम देखा परेको छ। यसलाई यथास्थितिमा ल्याउन अझै धेरै मेहेनेत गर्नुपर्दछ हामि आम नेपालीहरुले। अब एक पटक फेरि मेरा लागि होइन कि ,हाम्रा लागि भनेर आम नेपालीहरु कम्मर कस्नु पर्ने बेला आएको छ। हामिलाई थाहा छ, हामि शताब्दिऔं पहिलादेखि नै शान्तिप्रिय छौं। हामि कसैको रगत बगेको हेर्न चाहदैनौं, भाईभाईबिचमा बेमेल र वैमनस्यता चाहदैनौ। हाम्रो इतिहासले यहि भन्छ कि समस्त नेपाली नागरिक शान्तिका पुजारि हुन् र,लामो समयसम्म देशभित्र चलिआएको द्वन्दले धेरैलाई घायल बनायो। अब पुन: एकपटक आशाको दियो बालेको छ। यसलाई निभ्न नदिन हामि सबैजना प्रयन्तशिल हुनुपर्छ। आज हामिलाई झुट्टा आस्वसन हैन, एक गाँस खानको लागि अन्न चाहिएको छ, अनि एकसरो लगाउने कपडा चाहिएको छ। दिनभर दश नङ्ग्रा खियाएर काम गरिसकेपछि चार प्रहर रात आरामले सुत्ने वातावरण चाहिएको छ । जात भात, धनि, गरिब, छुत, अछुत आदि केहि कुराको पनि भेदभाव नगरि सबैले सम्मान पुर्वक बाँच्ने र काम गर्ने अवसर पाउनुपर्छ तब मात्र हामिले देश विकासमा योगदान दिन सक्छौं। च्याङ्बा