Saturday, August 9, 2008

कबिता




मलाई एक्लै छाडी नजाउ प्रीयतम
एक्लै बस्न मलाई मन लाग्दैन
तिमी बाहेक मेरो यो जिवनमा प्रीयतम
आफ्नो भन्ने अरुकोही छैन

लाग्छ मलाई तिमी प्रीयतम
चुप चाप आई आँखा छोपीदीय हुन्थ्योनी
जिस्काउदै तिमीले प्रीयतम
यो मेरो चुल्ठीतानी दिएहुन्थ्योनी

तिमीलाई कुर्दा कुर्दै प्रीयतम
यो जिवन मेरो बिती जान्छकी
तिम्रो सम्झनामा म रुदा रुदै प्रीयतम
यो मेरो आशु कतै रित्तीदीन्छकी

मलाई बिर्सी तिमी प्रीयतम
अन्ता कतै रम रमझम भुल्योकी
मेरो मनको फूलबारीलाई छाडी प्रीयतम
तिमी अन्त कतै फुल्यौकी

सरीना गुरुङ हाल : टोरन्टो, क्यानडा

No comments: