Monday, August 4, 2008

कबिता



कती स्वच्छ र कती सुन्दर्ताले भरीयको छ
यो मेरो गाउँ
हरीयाली बसन्तले ढाकीयको छ
मलाई सदैव प्यारो लाग्छ यो आफ्नो ठाउ
बिहानीको मिरमीरे संग
हिंड्थे म उकाली ओराली
सिसीर बसन्त को आवाज संग
गाउथे म बजाउदै मुराली
कहीले साथीहरु संग
म चढ्थे उकाली
कहीले एक्लै मनभरी बोकी उमंग
लुरु लुरु झर्थे म ओराली
हिंड्दा हिंड्दै बाटोमा
म सुन्थे त्यो कुहु कुहु कोइलीको बोली
बिसाउदै त्यो चौतारी मा
सुनी बस्थे त्यो कोहीलीको आवाज चुपचाप नबोली
पहाड मैदान खोला नाला
बिचमा छन खेत वारी
लह लह झुलीएको त्यो धानको बाला
एकोहोरो हेरीरहु झै लाग्छ बसी डाँडा पारी
साना साना झुपडीहरु छन
यो हरीयाली मैदान भित्र
तँ तँ म म भन्ने यहाँ कोहीपनी छैन
भन्छन हामी सबै एक हुं असल मित्र
कती पवीत्र मायाले छाहीएको छ
यो मेरो सुनौ लो गाँउ
म जहा पुगेपनी सम्झना आईरहन्छ
त्यो आफु जन्मे को हुर्केको सुन्दर अमुल्य ठाउँ। ।
रुपेश स्याङतान

No comments: