Saturday, August 2, 2008

कबिता


एउटा गरीव को जिवन
बेकार रहे छ
सदैव अरुको हेलामा रहन्छन
यो त गरीव हो भन्छन
सबैले भनेको मान्नु पर्छ
नमानौ कसरी टाउको भरी ॠण छ
यो ॠण चुक्ता हुनाको लागी अझै कत्ती दिनहरु छन
यो एउटा गरीव को जिवन
केवल ॠणै ॠणले भरिएको छ
गरीबका हर मस्तिष्क घायल छन
खोक्रो हुदै छ भित्र भित्रै झन झन
अब गरी खाउला भन्ने छैन मन
उजाड लागेर आउछ देखेर यो जिवन
अब म कसरी अन्त्य गरौ मेरो जिवन
यो एउटा गरीव को जिवन
नपाउने रहेछ कहिलै सहन
हुने धनीहरु चैन गर्छन
नहुने गरीवहरु भोक्भोकै मर्छन
धनी हरुको लागी सदैव धनै धन छन
हामी गरीव को लागी के छन
जे छन त्यो सबै धनी हरुका लागी छन
धनीहरु मोजमस्ती गर्न पाकैछन
गरीवहरु भने सदैव धनीहरु को सेवामा लाग्या छन
यि एउटा गरीवको जिवन
हामी गरीवलाई सदैव धम्की र डरछन
दिनभरी कामगरेर आउदा पनी अझै सुख सान्ती छैन
यो कस्तो अन्नया हो थाहा छैन
धनी हरुले गरीवी लाई कीन टाउकोमा किच्याएर मार्छन
-रुपेश

No comments: