Saturday, July 26, 2008

कबिता


फक्रदैका कोपीला चुडन मैले सकीन
पहीलो हाम्रो माया लाई भुल्न मैले सकीन
बिरानो यो परिबेशमा आनन्दले जिउन सकीन
चाहेर नि तिम्रो नजीक हुन म सकीन

ईच्छा हुँदा हुदै पनी बसन्तको बहारले सझाउन सकीन
आफु डटेर पनी तिम्रो खुसी किन्न सकीन
कठोर संर्घषमा पनी म रुन सकीन
तिम्रो याद विहीन म पलभर चल्न सकीन

तिम्रो मन्द मुस्कान मैले भुल्न सकीन
हर सफलतामा मैले तिम्रो साथ पाउन सकीन
तिम्रो हर द्रूष्ट्रीको अन्दाज मैले गर्न सकीन
सिसाको त्यो ऐनामा मैले आफ्नो भाग्य देखीन

तिम्रो रुपको भोह उ हिजो बुझन सकीन
आज बिछोडमा कल्पीएर रुनम सकीन
तिमीले देखेका सपनी पुरा गर्न मैले सकीन
खोक्रो यो ढ्वाङ् भित्र आफ्नो आकृती देख्न सकीन

तिमीले झारेका आँशु प्रदेशमा रही पुछ्न सकीन
साथ बितायका अविस्मरणिय भुलहरु पाउन सकीन
तिम्रा ती रातका मिठा निद भुल्न सकीन
प्रयास गरेर पनी सिउदोमा सिन्ढुर हाल्न सकीन

तिम्रा ती रेसमी बाल मैले छुन सकीन
मायालु को माया बोकी त्यहीभुमीमा रम्न सकीन
तिम्रो त्यो चनचल पनलाई मैले बुझन सकीन
मातृभुमी सम्झी अब म रम्न सकीन


दीपक थापा
बसन्तपुर्-४, तेह्र्थुम

No comments: