Saturday, July 19, 2008

अविष्मरणीय क्षण.....!


- प्रवीण थापा 'सङ्गम', /सिंगाना-४, बाग्लुङ

कुरा आज भन्दा ७ वर्षहिलेको हो। तिथिमिति त थाहा छैन तर त्यस समयमा म आइए प्रथम वर्षा अध्ययन गर्दै थिएँ। क्याम्पस बिदाको समयको सदुपयोग गर्नका लागि पोखरा दिदीकहाँ गएको थिएँ। बिन्दवासिनी हलमा नेपाली फिल्म लागेकोले हेर्नको लागि म एक्लै गएँ। म हलमा पुग्दा फिल्म सुरु भइसकेको थियो र टिकट पनि सिद्धिसकेकोले बाल्कोनीको २५ रूपैयाँको टिकट ५० रूपैयाँ तिरेर ब्लाकमा किनी छिटो-छिटो हलभित्र प्रवेश गरेँ। फिल्म चलिरहेको थियो। हल हाउसफुल हुनाले टिकट जाँच्ने मान्छेले टिकट चेक गर्दै सिट मिलाउँदै थियो। एक्कासि बाहिरबाट भित्र जाँदा भित्र केही देखेको थिइनँ। यताउता सिट छ कि भनेर आँखा गाडेर हेर्दै थिएँ। त्यत्तिकैमा पछिबाट आवाज आयो- 'साथी त्यहाँ सिट छ बस्नुहोस् न' कताकता अलि-अलि हातले इशारा गरेको देखेँ। अँध्यारोका कारण केही देखिएको थिएन। साँच्ची नै सिट खाली होला भनेर हतार-हतार अरू बस्ला भनेर सिट छाम्न पुगेँ। जसै मैले हात के लगेको थिएँ केटीको आवाज आयो 'के हो आँखा छैनन् कि क्या हो ?' भन्दै नराम्रोसँग गाली गरिन्। सिट छाम्दा मेरो हातले ती केटीको स्तनमा समात्न पुगेछु। मलाई सिट देखाउने केटाहरू मरी-मरी हाँसिरहेका थिए। म अगाडि उभिँदा ती केटाहरूलाई छेकिन पुगेकोले मलाई त्यहाँबाट हटाउनको लागि त्यसो भनेका रहेछन्, मलाई के थाहा ? एक त नयाँ ठाउँ एक्लै डराइ-डराई 'माफ गर्नुहोला, गल्ती भयो अन्जानमा' भनेँ। 'जानी-जानी भएको भए त के पो हुन्थ्यो, ठीकै छ' भनेपछि बल्ल मन ढुक्क भयो अब पिटाइ खाइन्न भनेर। त्यस समयदेखि फिल्म हेर्दा सधैँ त्यही दिनको यादले झस्काउँछ।

No comments: