Thursday, July 3, 2008

कबिता



मेरी सारु ,
आज तिमी हराएकी छौ रे,
गाउँघर छोडि,
शहरलाई मन पराएकी छौ रे
गाउँलेको रुप देख्दा,
तिमी धेरै डराएकी छौ रे
सयौं सँग हरेक पल,
प्रेम सागुँ तराएकी छौ रे
रातो कालो रक्सी पिउँदै,
पाईला लर्बाराएकी छौ रे
टलपल टलपल तिम्रो जवानी,
शहर भरि चढाएकी छौ रे,
मेरी सारु,
तिमी आज हराएकी छौ रे।

-बि जे बान्तवा

No comments: