Sunday, June 29, 2008

कबिता


परदेस को जिन्दगी यो
कहीले पुर्व कहीले पस्चिम
फुर्सद पाउने कहिले हो
पुग्नै पर्ने उत्तर अनी दक्षिणमा
हिंड्दा हिंड्दै थाकी सके
बिसाउ झै लाग्छ यो बिच बाटोमा
लौरी झै ज्यान मेरो सुकि सक्यो
गर्दै संघर्ष यो परदेसी माटोमा
घर को यादले सताई रहन्छ
खेलेर कुरा यो मनमा खुल्दुली
सम्झनीमै दिनबीत्छ
आफ्नै वास्ताविक्तलाई नभुली
कती कठोर छ यो परदेसि जिवन
आफ्नो वास्तावित्तालाई भुलेर हिड्नु पर्ने
वाक्क लाग्छ देखेर यो उराठिलो जिवन
थाह छैन म आफै लाई कहाँ पुगेर मर्ने?

-हेम चन्द्र स्याङतान

नुवाकोट

हाल: रसिया

No comments: