Friday, June 27, 2008

कबिता



तिम्रो सम्पुर्ण आग्रहलाई कुल्चेर विदेश आएँ
तिमीलाई सुखै सुखमा राख्ने कोशिसमा आएँ
आज म यहाँ तापको रापमा जलिरहेछु
मैन झै पग्लिदै निभ्दै बलिरहेछु

तिम्रो भनाईलाई मैले आत्मसाथ गरेको भए
तिम्रो आग्रहलाई शिरोपर गरेको भए

शायद खुशिका साथमा जिवन वित्थ्यो
महलको सपना हैन, झुप्रोलेनै शितल दिन्थ्यो

यहाँ पराईको वस्तिमा अनकन्टार भुमिमा
आँशुको धारा पिंउदै यादमा छयौ तिमीनै

म के गरौं उडेर आउ त पखेटा छैन
पाईला चाल्न खोज्छु, छाँया टल्किन्छ समुन्द्री पानीमा



शेर ब. स्याङतान
नुवाकोट, नेपाल

हाल: दुबई (यु. ए. ई.)

1 comment:

Admin Dummali said...

अत्ति उत्कृष्ठ कविता, यो सम्पुर्ण खाडी मुलुकुमा जिबानयपन गरिरहेका प्रबासीको लागि मनन योग्य छ। धन्यवाद लेखक ज्यु कबिता वा लेख ले जिउदो आत्माको प्रतिनिधित्व गरेको हुन्छ ।