Thursday, June 26, 2008

कबिता




तिम्रो जीवनका यात्राहरुमा फूल बनेकी शुल बनें
कि कहिल्यै नबिर्सिने एउटा ठुलो भुल बनें

भन्ने गर्थ्यौ सधैं मलाई हजुरसँगै लानु
बिबश थिएं म तिमीलाई छोडि एक्लै जानु

चिट्ठी पत्र लेख्दै गर्नु कतै तिमीले सम्झ्यौ भने
नाम लिनु मेरो तिमीले कसैले सोधे भने

नबिर्सिनु परदेशीलाई झुठो प्रेमी भनि
आउनेछु एक दिन म तिम्रो नै राजा बनी

पर्खि बस मेरी प्रिय दिन गनी गनी
एक जनम मात्र नभै सयौ जनम तिम्रै हुँ नि

बि जे बान्तवा राई

भोजपुर नेपाल

No comments: