Wednesday, June 25, 2008

अधुरो यात्रा…………..।


जव म यस धर्तिमा जन्मन पुगेर आफ्ना पाउको सहारा लीएर दुई कदम अगाडि बढन थाले। म मा नयाँ गतिहरु देखापर्ना थाले। हजारौ परिवर्तन हरुले अंगालि रहे म पनि चोट ब्याथाहरुको बिच बाटै भएपनि सबलाई ग्रहण गर्दै मानव जन्मनुको रहस्या तिर लागि रहे आज यो उमेरमा आईपुग्दा समेत हजारौ समस्याका घुम्तिहरुको सामना गर्दै आफ्ना बाटोमा आईपरेका काँडा पर्वत हरुलाई छिचोल्दै अघि बडिनै रहे मेरो सानो चेतनाको कमिले मेरो अन्तर आत्मालाई पुर्याएको अघात पनि दुई थोपा आँशुमा बगाई केवल आफ्नो सपनाको गन्तब्य तिर अघि बढिनै रहे। यसरि यो डरलाग्दो जिवनमा कोहिहात थमाउने र साहारा दिने ब्याक्ति भेटिय कयौ पटक आफुलाई एक्लो निन्तान्त हराउने महसुस गरि यी पाएका हातबाट आफुलाई टाढा भगाए तर यसपटक मैले हारखाए खै मानवको रित् हो या कर्मको खेल भविस्य कसलेपो देख्न सग्दो रहेछ र आफन्त बाट क्षणिक बिडा हुदापनि पराई हुन्छ भन्ने कसलेपो सोचेको हुन्छ होला म आफुलाई दु:ख मा सधै हाँस्न मनपराउने किन यो त झन महा दु:ख भएरा होला अनयासै आँशु पो बर्सि दिएछन। के कसैलाई मनपराउनु र गुमाउनु एकै शब्द हुन जुनेलि रातको सितल पवनझै यो त हमेसा आफ्नु मुटुमा अल्झि दिनु पर्ने होनि सधै धड्कन बनेर यो त गगन झै सधै अटल रहनु पर्ने होनि मलाई आज यस्तो लागि रहेछ जिवनमा हरथोक को अभाब सहन सकिन्छ महसुस गर्ना सकिन्छ तर माँया को सम्भव रहेना छ यदि माँया को अभाव भयो भने सायद म जस्तै अर्ध पागल भएर दुई शब्द कोर्न सिवाय केहि गर्न सक्दैना।अबत मलाई लाग्छ पक्कै जिवन आफुमै लाश भैसकेको छ निर्जिव यो खोक्रो सरिर लिएर म आफुलाई को हो भनेर सोध्ने भैइसकेको छु। अथाह विस्वासको मन्दिरमा राक्षयसको बास भैसकेको छ पवित्र सागरको बन्धनमा ज्वालामुखि उत्पति भै आज आफै बाट आफु चुडिएको छु त्यसैले आज म आफुसँगै विस्वत छुईन। समयले मानिस लाई काँहा बाट काँहा पुर्याई छोडदो रहेछ म त मरुभुमिमा निस्किएको यात्री थिए बालुवामा यात्रा गरिरहेको छु जस्तो लाग्थ्यो तर कहाँ बाट यो बिसाल छाँगा मा झर्न पुगे र यस सँग मुकाबिला गर्नको लागि आज यसरि अनेकौ तडपाहि हरुलाई आत्मासाथ गरेर के अगाडि बढन खोजेथे मेरो बाटो किन यसरि बादल आहि छेकि दियो, आफुलाई कयौ बत्ति माझ झलमल्ल बलेर उभिएको देख्ना चाहने यो मन किन अन्धेरो औशिको रातमा झै होमीनपुगे अर्को जन्म का खोक्रा आवज लिएर किन मेरो सपनामाथि अविस्वासका ईट्टा थपि रहेछन् अनायासै किन मेरो दु:ख माथी हजारौ पाप्का झट्का वर्सिन्छन। म असक्षम थीए आत्मनिभर थीहिन कसै को खुशि किन्ने दाम थिएन ईज्वत थीएन तर किन यसरी कसैलाई गिराएर मैले तुलना गरिरहेछु अरे अरुको खुशिमाथी हुन्डरि ल्याउने म कस्तो निर्मोही यस्ता निस्ठुरी अनि अभागिको यस संसार सँग सामना गर्ने कुनै सामर्थ्यनै छैन म किन हरेक कुरामा प्रतिसप्रधा गर्न सोचिरहेको छु तर मैले सोच्नु पनित गलत हैन बरुयस्को सामना दुनियाको अपहेलना सहन सक्ने क्षमता म मा हुनुपर्छ। किन कि योग्यता बिहिन मानवले ठुला सपना देख्नु,सुखिको कल्पना गर्नु अतुलनिय हो यस्को नतिजा केवल गिर्नु हो गिर्नु,केवल दु:ख हो त्यसैले सपना बिनानै बाच्नु राम्रो हो तर मानव चेतनशिल भएको कारण उसमा सपना संग्गाँल्ने ठाँउ हुन्छ उ सपना बिना कसरी जिउछ? आज म जहाँछु जे गर्दै छु ति सब मेरा अतितमा देखेका सपना हुन् जस्लाई मो वर्तमानमा उतारेर आफ्नै सानो जिवन ईतिहाश रच्न चाहन्थे। चाहाँनाले जो कोहिलाई पनि हमेसा दु:ख मा धकेल्छ भन्थे यसलाई एउटा अनभिज्ञ बिचार सम्झन्थे तर आज यो हकिकत रहेछ आफ्नो सो-कोमल जिवन को यार्थातता बोकेर म के हिड्न खोच्छु साहर सुन्दर फुल्बारीमा तिरस्कार उत्पन भैदिन्छ। जिवन एउटा निस्चल फुल र त्यस्लाई वास्ताविकतमा पाउनु नै जिवनको सार्थकता सम्झने म माथी किन फुल हरु अनयासै ओईलिएर भुईमा खस्नु अलाबै बिलिन हुन्छन, किन मेरो भाग्यामा यति ठुलो चोट को सहन् ब्यथा राँखि दीए अभागिको भिडहरुमा यो अभागिलाई किन अकांक्षा हरु हस्तान्तरण गरीदीए अभाबै अभाबले पिल्सीएको यो पार्थिक भुमीमा किन बोझ बनाई चोट ब्यथा बिछोड्को सागरमा डुब्न पुगिरहेको छु। उज्वल भविस्यको कामना गरेर निस्कनु के मेरो दोश हो? नत्र किन म हर्पल हन्टर मात्र खाई रहेछु। निस्चल माँया मा विस्वास गरेर कसै माथि यति विस्वता भएको थिय जुन विस्वास मेरो जिवन को प्रगतिको मार्ग निर्देसन थियो आज त्यहि बाट टाढा हुनुपर्छ भन्ने के मैले सोचेको थिए होला? तर आज यस्तै भयो कसको भर हुदोरहेछ यस धर्तिमा अनमोल माँया बिरानो हुन्छ भनेर आज यहि भैरहेछ।
अबत केवल म क्षितिजमा रहेर शुभ-कामना बाहेक अरु केनैपो दीन सक्छु म जस्तो गरीवले यि दुइ शब्द बाहेक,यि शब्दनै मेरालागी अ मुल्य बनिसकेका छन आफु जस्तै स्थितिमा पुगेपनि यिनै शब्द हुन रुवाउने अनि हसाउने पनि अनि जिन्दगिको चौतारीपनि त्यसैलेत मेरो यो दु:ख लाई पनि दुई शब्द मार्फत कोरीरहेछु कोरीरहने छु यहि बिसाल तुफान बनेर मेरो तन मनमा हमेसा डडेलो लगाई रहनेछ जव यो गन्तव्य बिहिन सपना को अन्त्य हुदैन।

कथाकार - देबेन्द्र थापा
बसन्तपुर-४ तेह्रथुम

No comments: