Monday, June 23, 2008

कबिता


खै कुन शब्दले कता बाट के भनि सुरुगरौ
यो मेरो मन भित्रका अतित कहानी
मैले जिवनमा धेरै चोटहरु सहना परौ
सायद म आफैले पाईला चाल्न नजानि


प्रीय तिमी गुलाफ झै फुलीरहनु यो मेरो मनमा
हुनेछ घायल मन मेरो कोपिलामै नझरी दिनु
मिरमिरे को लालीझै फैलिदै छ यो मनमा
हेर्न चाहन्छु म सदैब सामु बादल पारी नलुकी दिनु

यो ओइलाएको मनलाई फेरि सिंच्दै छौ
प्रीय मलाई बिचैमा नछोडि दीनु
मेरो यो अर्थहिन मनलाई अर्थ दिदै छौ
मेरो प्रीयतम यसको आधार नमेटि दिनु

तिम्रो नै सम्झना ले छाएको छ यो मनमा
प्रीय तिमी यसै टाढाँ नभैदिनु
संगाली आएको छु प्रीय यो मेरो मनमा
समालि राखेको छु मैले प्रीय तिमीले दीएको चिनु..।।।


मीना स्याङतान
नुवाकोट, छाप-९
हाल : काठमाण्डौ

No comments: