बसन्तको हरियलिमा बस्नदेउ
तिम्रो मलाई माया छ भने
हृदयमा सहि बास बसिदेउ
पायलको घायल हृदयमा छैन भने
बिदेसमा किन आउन पर्थ्यो म
यदि म सँग पैसा भैदिएको भए
हरपल पसिना बगाई रहेछु यो संघर्समा
लौन लौ मेरो प्राण गए
मायालुको नजरमा म परे दोषी
मलाई थाहा छैन यो सब
किन भयो कसरि भयो यो सब
म थिएँ अन्जान बिहोसि
दिन रात तिम्रो नै याद आउँछ
विर्सन सक्छु म कसरि
हरपल मन भित्र गुन्जिरहन्छ
समाल्नु म सक्छु कसरि ।
वीर बाहदुर लावती
कुरुमबा ३ पाँचथर
1 comment:
Post a Comment