Friday, June 20, 2008

कबिता


फूलबारी त सुन्दर थियो
मालीहरुनै बेकार भए
सुन्दरता र हराभरा लाई
नष्ट गर्दै अगि गए।
क्षणिक स्वार्थताले आज
हिमनदी नि आँशु भइन
हिउँचुलि झै ठाडो सिर
बेदनाले झुकिरहिन।

घर भित्रको कलहले
गुराँस पनि फुल्न बिर्सिन
दुनियाँलाई लट्ठ पार्ने
आज मुस्कुराउन बिर्सिन

सपनाको जालो भित्र
हरियालि, मरुभुमि भयो
कयौ चिरबिरे स्वरहरु
प्रतिध्वनि मात्र गुन्जिरह्यो।

आकंक्षा को हरियालिमा
नाघिहरु भौतारि रहे
गोठालाको सुसेलि हरु
आज निन्तान्त सुन्य भए।
आउ आज तिम्रो खांचो छ
बनाउ त्यहि सुन्दर फुलबारि
जहाँ माँया उमङ्ग र सरलताको गाथा छ
हो आज यहि हुन खाँचो छ।


लेखक- देबेन्द्र थापा
बसन्तपुर-४,(बजार)
तेह्र्थुम
हाल : साउदी अरबिया

No comments: