Friday, June 13, 2008

आखिर दोष कसको थियो ?




जिन्दगीको वास्तविकता अर्थात जिउँनुको सार्थकता केवल जीवनमा मात्र शुन्यता र अतितका अद्:भुत आनन्ददायी अनुभुतिमा रमाउँन खोज्नु यो मेरो स्वार्थपूर्ण मुर्खता। सम्झन्छु, बारम्बार झस्कन्छु पलपल खै किन किन मनमा एक अनौठो सन्त्रासपूर्ण धड्कनरुपी जीवन ढुकढुकाउँछ, हरदिन लरबाराउँछन पाईलाहरु अनि काँप्न थाल्छन मुटु थरथर गरी। साउने झरिसँगै अनायासै रुपमा यि दुई नयनबाट आँसुहरु पोखिन थाल्छन्। अविरल गतिमा। समय र परिस्थितिले कोल्टे फेर्छ जिवनको पाटोमा। लाग्छ, सायद अतुप्त मनको असिमित चाहना केवल कल्पना मात्रको भावना अपुरो अनि अधुरो सपनामा बाँच्नु पर्ने यो कस्तो वाध्यता र विवशत मानिसको? त्यस्तै वाध्यतापुर्ण र कहालिलाग्दो यो जिनदगिमा अपरिचित र अन्जान व्यक्तिको नजानिदो माया मोहमा फस्न पुगेको यो कोमल हृदय विछोडिएको अवस्थामा आज अचानक कता कता चल्न छोडेजस्तो लाग्छ। अन्योलपुर्ण परिवेशमा भदौरे झरि बन्न पुगेको आफ्नो मनका भावनाहरु कहाँ समापन हुने हो थाहा छैन। पिडै पिडाले भरिएको यो जिन्दगिको एउटा पाटोमा आफ्नो मायालुको मिठो अनुभुति र अर्को पाटोमा त्यहि मायाले दिएको अनेक चोटलाई मनभित्रै गुम्स्याएर राख्नुको विकल्प छैन। आफ्नो अन्तर मनको चित्कार र रोदन कसले सुनिदिने यो स्वार्थि दुनियाँमा। अर्थहिन जिवनको प्रेमरुपि माया र विस्वासाम अल्झिएको यो मेरो हृदयमा मात्र सम्झनाका तरंगमा टुटेफुटेका सपना एवं कसैका इच्छा विपरितको चाहनाहरुले मेरो मन भत भत पोलिरहेछ । झझल्को आउँछ बारम्बार उसैको यादले अनि मनमा आवाज प्रतिध्वनित भएर बेदना र छटपतिले यो दिल्मा अ मिट छप छोडेको छ। जिवनको तिता मिठा अतितले सताउँछ अनि विछोडिएको वर्तमान पिरोल्छ। अझ भनौ यो जिन्दगिको अनिस्चित भविष्यले झनै मर्महात र ओउचित्यहिन बनाईसकेको छ। आफ्नो मनमस्तिष्कमा आउने प्रत्येक क्षणले उसैको ताजा तस्विरको झझल्को दिलाउँछ र यि एकजोडि नयनले हरपल उसैलाई खोजिरहन्छ। ओंठबाट मुस्कान बनि छाउने प्रयास केवल आँखबाट आँसु बनि बर्सिदिन्छ, जिवनमा प्रैईत बनि बगिदिन्छ र मनमा गित बनि गुन्जिदिन्छ । कसैको प्रेमरुपि विछोडमा तडपिएर जिउँन यति कठिन हुन्छ भन्ने कुरा पहिलोपल्ट अनुभुव गर्दैछु। त्यस्तै धोका अर्थात विस्वासघातको विछोड सहनुले मेरो जिन्दगिमा कुन मोडको जन्म हुन्छ, समयको पर्खाइमा छु । जिवन भोगाईका क्रममा अनेकौं दो:ख पिडाका आरोह अवरोह सँगै जिउँनु त छँदैछ आँसु पिएर तर मर्न पनि त नसकिने रहेछ काँतर भएर। बेहाल मनका असह्य चोटहरु सहेर जिउँनुपर्ने यो कस्तो नारिको बाध्यता? यस्तो कठिन जिन्दगिको मुल्य नै हकाँ छ र? नारि जातिको कदर यहाँ कहिले पो भएको छ र? यहाँ त केवल बदनामिको दाग र अनेकौ किसिमका लान्छना लाग्दै बेइज्जतिको पर्खाल खडा हुँदासम्म पनि मान्छेले मान्छेलाई नै शोषण गर्न छाड्दैनन् चाहे उनिहरुका आफ्नै दिदि बहिनि किन नहुन्? समाजको हरेक मोडमा सामाजिक तिरस्कारको डर र भयबाट अलिक माथि उठेर कसैको प्रेममय सागरमा डुब्न पुगेको यो मन अचानक विछोडको हुरिमा परि गल्यार्म्म ढल्न पुग्छ। विछोडमा पनि किन यति गाढा हुन्छ यो मायाको बन्धन । न रुन सकिन्छ न हाँस्न न मर्न सकिन्छ न त बाँच्न नै । त्यसैले माया, प्रेम र विछोडको समिसणसँगै सुमधुर मिलनको प्रतिक्षामा आजिवन कसैको यादलाई आफ्नो मनभरि साँचेर जिवन जिउँने कोसिस गर्दैछु । तर पनि असह्य चोट र अद्रुश्य पिडाहरुले सताइरहेछ मलाई । के गर्नु, नियतिको खेल नै यस्तै भैदिएपछि आखिर दोष कसलाई पो दिन सकिदो रहेछ र?

प्रस्तुति भगवति शाह "बुनु"
आरुखर्क (४) नुवाकोट
(हाल:नेपालटार काठमाण्डौ )

1 comment:

Anonymous said...

this is rellay nice
keep it up