Friday, May 30, 2008

कबिता


नियतिले ठगिएको यो मेरो जिन्दगीमा
चोटहरु शाहअने बानी अब पेरिसक्यो।
दु:खै दु:खले अल्झिएको यो मेरो जिन्दगीमा
आँसु धेरै बग्यो, नयनहरु टोलाइसके।
स्वार्थ लुट्न पाएसम्म जिन्दगीमा सबै आफ्नो
विस्वासले नै लात हान्यो आफन्त नै बिरानो।
पिर व्यथा लुकाएर हाँस्न खोज्छु जिन्दगिमा
ओंठहरु खुल्दैनन हाँसो पनी हराइगयो।
रुँवाउँदै थाकिसकें यो खोक्रो जिन्दगिमा
आँसु बाहेका मेरो लागी खुसी अब पराइ भयो।
कसलाई दोस दिने अब यो अभागी जिन्दगिमा
भाग्यको नै दोस हो कि आफन्तको हेला।
मर्न पनी सकिँदैन न त सक्छु विष पिउन
भाविले नै लेख्यो होला दु:ख पाएर जिउँन।


रुपेश स्याङतान
नुवाकोट

1 comment:

Anonymous said...

hello rupesh i am pradeep chaulagay from ktm. first of all i would kile to say congratulations you. really it's very very nice poems keep it up god bless you.