Friday, May 30, 2008

संस्मरण...........!


हृदयकी रानी S.......
धेरै धेरै माया अनी गहिरो सम्झना। S....म आज तिमीलाई पाएर धेरै खुशी छु । मैले तिमीलाई कसरी धन्यवाद दिउँ मसँग कुनै शब्दहरु नै छैन।
त्यसैले खुशीका क्षणमा तिमीबाट टाढै रहेर बस्नु परेता पनि यो प्यारो S...यो मेरो सानो ब्लग मार्फत आफ्ना भावनाहरु तिमीसँग पुराउन लालायित भएको छु। तिमी भन्थ्यो तिम्रो पत्रमित्र साथीले तिम्रो कुनै भावना बुझेन भनेर। त्यो तिम्रो एकोहोरो सोचाई थियो होला। कुनै पनि कुरा सोच्नुभन्दा पहिला त्यसको कारण पत्ता लगाउनु पर्छ बुझ्यों। त्यत्तिकै हचुवाको भरमा निर्णय लिनु हुँदैन। शायद, तिम्रो साथीको पनि त कुनै बाध्यताहरु थिए होलान, जो तिमीसामु व्यक्त गर्न सक्तैनंथ्यो । त्यसैले उसलाई राम्रो सँग बुझ्न नसक्नु तिम्रो कमजोरी हो । अर्को कुरा प्रेम देखेर हुने कुरा होइन, यो त आफै हुने कुरा हो । त्यसको उदाहरण हामी आफैलाई लिन सकिन्छ। तिम्रो अर्कै चाहना थियो र मेरो अर्कै । तिमी एकातिरबाट अगाडि बढ्न चाहन्थ्यों र म अर्कोतिरबाट। हाम्रो विचारमा सधैँ मतभेद भएता पनि आखिर परिस्थितिले हामि दुबैलाई एकै ठाउँमा ल्याएर जिन्दगिको नाता जोडिदियो। मलाई त हाम्रो विवाह कसरि भयो अझसम्म पनि विस्वास लागेको छैन। हिजोसम्म तिमि मलाई यति घृणा गर्थ्यो तर त्यहि घृणाले गर्दा आज तिमिलाई पछुतो भैरहेको छ। तर तिमि निराश नहुनु, मैले त ति सबै विगतलाई भुलिसकें। तिमिले पनि भुल्ने कोसिस गर्नु। आखिर मैले तिमिलाई नराम्रो गरेको पनि त थिइन। भनिन्छ घृणा नै प्रेमको पहिलो खुडकिलो हो। हाम्रो जिवनमा पनि त्यहि भएको छ । त्यसैले अब खुसि हुने कोसिस गर्नु। मेरो बारेमा धेरै चिन्ता नगर्नु। अस्तिको तिम्रो पत्रले मलाई निकै दुखि तुल्यायो। तिमिले मलाई अझैपनि बुझ्न सकेनौ हगि। मैले तिम्रो हरेक गल्ति कमजोरिलाई माफ गरिसकें। म विगतका कुरालाई हैन, आगामि दिनको हाम्रो भविस्यलाई सम्झना चाहन्छु। मेरो तिमिप्रति कुनै गुनासो छैन र म जे छु खुसि छु तिमिलाई पाएकोमा। म कति खुशि छु भन्ने कुरा म शब्दमा व्यक्त गर्नै सक्तिन ।
जब म केही समयको लागि छुट्टीमा घर आउँछु अनी तिम्रो निर्दोष अनुहार देखेर मेरो सारा दु:ख भागेको अनुभव गर्छु। त्यसबेला तिमी पनि कती खुशी हुन्छ, भन्ने कुरा मलाई राम्ररी थाहा छ। त्यसैले S..... म चाहन्छु हाम्रो यो खुशी संधैको लागि अइरहोस्। अरु पिडा र दु:खमा रुमाललिएर आफ्नो मन बुझाउन पत्र लेख्छन। तर म हाम्रो खुशीको वर्णन गर्न तिमीलाई पत्र पठाउँदै । तिम्रो तस्विरलाई सिरानी मुनिबाट निकालेर एकपटक नहेरी मलाई निद्रा लागदैन। केही समय भए पनि हरेक दिन म तिम्रो सुन्दर र मन्द मुस्कानका साथ रमाउन पुग्छु, आज या मेरो लागि दैनिकी नै बनेको छ। S...... अब केही दिन मात्रा बाँकी छ हामी छुट्टीएर बस्नु पर्ने । त्यस्पछि सदाको लागि यो मरुभुमिलाई छोडेर तिमिलाई जन्म जन्म अँगाल्न आउनेछु। त्यसपछी हाम्रो विछोड कहिल्यै हुनेछैन । त्यसैले प्रिया, केही समयका लागि धैर्य गरिदेउ।

उही तिम्रो रुपेश
नुवाकोट

No comments: