Monday, July 7, 2008

ट्वाँके कबिता


बि जे बान्तवा / भोजपुर

एउटी आमाको सन्तानहरु,
बेग्ला बेग्लै छुट्टींदा
मलाई पनि छुट्टीना मन लाग्यो ।
सबै ड्याङ डुङ बन्दुक गोली चलाउँदा
मलाई पनि खुँडा र तरवार
बोकी दौंडन मन लाग्यो ।
सबै लाई छप्काउँदा यहाँ
शान्ति पाइन्छ भने
एक दुई जनालाई त
छप्काउन मन लाग्यो।
बाजे बराजु सात सालको
कहानी भन्थे, त्यहीं कहानीको
हिरो बन्न मन लाग्यो।
हैन पार्टस् हो धेरै र्‍याक भो
सुन्तलीको भट्टी तिर पो
धाउन मन लाग्यो ।

No comments: