Friday, May 23, 2008

कबिता


“रहर”

पैतलामा काँढाबोकी यात्रा गरुँ कति
रहर मेरो आकाश छुने, जीवन रह्यो थाति
हिमगिरिको स्वर्णिम आँगन छुने रहर थियो
चरी जस्तै निलो गगनमा उड्ने रहर थियो
अशिमित ईच्छाबिच मन दबाइ बसुँ कति
रहर मेरो आकाश छुने, जीवन रह्यो थाती
म पनि त पुग्थेंहोला सगरमाथाको शिर टेक्न
म पनि त सक्थेंहोला समुन्द्रको मोती टिप्न
दैब लाग्यो भनुँ भने, दैब देख्या छैन
भाग्यलाई दोष दिउँ, पुर्पुरोमा भाग्य लेख्या छैन
हाँस्ने, खेल्ने र टाढा पुग्ने रहर मात्र भयो
स्वास मात्र चलिरहन्छ बाँकी सबै पत्थर भयो
बर्षे भेलको सहारामा जीवन बिताउँ कति ?
रहर मेरो आकाश छुने सबै रह्यो थाति

यो भावना केवल ति अपाङ्ग र असाहयप्रती कोरिएको हो । - बि जे बान्तवा

No comments: